
रेस ३ बाट बक्स अफिसमा धमाका गर्ने तयारी गरिरहेका सलमान खानको जीवन खतरामा रहेको समाचार सार्वजनिक भइरहेको छ ।
एक रिपोर्टका अनुसार केही ग्यांग स्टार सलमानलाई नोक्सान पुर्याउन योजना बनाइरहेको छ ।
यसलाई मध्यनजर गर्दै दबंगखानका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
डीएनएको एक रिपोर्टका अनुसार सम्पत नेहराका तीन साथी सलमानको नोक्सान पुर्याउने योजना बनाइरहेका छन् । अहिले सम्म तीनै जनाको लोकेशन पत्ता लागेको छैन । मुम्बइ प्रहरीको एक अधिकारीले बताए,‘सम्पतका तीन साथी राजू, अंकित, अक्षय शूटर हुन् ।’
प्रहरीका अनुसार २८ वर्षका सम्पत ग्यांगस्टार सलमानलाई मार्ने योजना बनाइरहेका थिए । तर उनको गिरफ्तारीका बाबजुद पनि सलमान माथिको खतरा भने टरेको छैन ।