२२ जेठ २०८३, शुक्रबार

पञ्चायतको उदाहरण दिँदै बाबुरामले भने– ‘कम्युनिस्ट एकता निभ्ने बेलाको बत्ती’

पञ्चायतको उदाहरण दिँदै बाबुरामले भने– ‘कम्युनिस्ट एकता निभ्ने बेलाको बत्ती’

काठमाडौं, ३० जेठ –नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई कम्युनिस्ट पार्टीबीचको एकता निभ्ने बेलाको बत्तीजस्तो भएको टिप्पणी गरेका छन् । 

कम्युनिस्ट पार्टीको नेतृत्वमा हिजोको पञ्चायतजस्तो ३० वर्ष सरकार चल्छ भन्ने भ्रम गलत भएको उनले जिकिर छ ।

‘कतिपयलाई कम्युनिस्ट नेतृत्वमा पञ्चायत जस्तो अब ३० वर्ष सरकार चल्छ भन्ने भ्रम होला । झट्ट हेर्दा चमक देखिएपनि निभ्ने बेलाको बत्तीजस्तो हो,’ नयाँ शक्ति पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराइले भने । 

उनले बाहिर कम्युनिस्ट पार्टीको खोल ओडेर भ्रष्टारमा लिप्त एमालेको पाउमा प्रचण्डले माओवादी आन्दोलन बिसर्जन गराएको आरोप लगाए । 

‘हिजो २०५२ सालमा जनयुद्ध थाल्ने बेलामा केपी ओलीका गुण्डाले हामीहरूलाई भद्रकाली अगाडि काट्ने प्रयास गरेका थिए । अहिले प्रचण्डले कुटील तर्क गरेर एमालेमा बिसर्जन गराए,’ भट्टराइले भने, ‘बाबुरामले जनयुद्धलाई धोका दियो भन्ने साथीहरूलाई प्रश्न गर्न चाहान्छु, माओवादी आन्दोलनाई धोका प्रचण्डले दियो कि बाबुरामले दियो ?’

आफूले माओवादीको खोल ओडेर विकास र समृद्धि सम्भव हुँदैन रुपान्तरण होउँभन्दा प्रचण्डले नमानेको उनको आरोप छ ।

‘प्रचण्डप्रति कुनै कटुताभाव छैन, तर उहाँले माओवादी आन्दोलनलाई विचारविहीन समुद्रमा लगेर बिसर्जन गर्नुभयो,’ भट्टराईले भने ।

उनले नेकपा र नेपाली कांग्रेस दिशाविहीन भएको अवस्थामा नयाँ शक्तिको राजनीतिक भविष्य रहेको दाबी पनि गरे ।

salt training

कमेन्ट गर्नुहोस्