२१ जेठ २०८३, बिहीबार

किंग्स लाउञ्जले विश्वकपको उद्घाटनमा खेलाडीलाई सम्मान गर्ने

किंग्स लाउञ्जले विश्वकपको उद्घाटनमा खेलाडीलाई सम्मान गर्ने

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

फुटबलको कुम्भ मेला विश्वकप २०१८ रंगशालामा प्रत्यक्ष हेरे जस्तै अनुभव दिँदै लाउञ्जले विभिन्न विधाका राष्ट्रिय खेलाडीहरुलाई एक साथ सम्मान गर्ने भएको हो ।

लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार जेठ ३१ गते विश्वकपको औपचारिक कार्यक्रम सुरु हुँदै गर्दा राष्ट्रिय फुटबल टीमका साथै क्रिकेट, तेक्वान्दो लगायत विभिन्न विधाका खेलाडीहरुलाई एकै पटक सम्मान गरिनेछ ।

यसै गरी लाउञ्जमा फुटबल हेर्ने दर्शक मध्येका एक जनालाई राष्ट्रिय फुटबल टीमका कप्तानबाट उपहारसहित सम्मान गर्ने कार्यक्रम रहेको लाउञ्जका सञ्चालक संगम राईले बताए । 

फुटबलको कुम्भ मेला सुरु हुँदै गर्दा लाउञ्जमा एड्रिन प्रधानले विशेष सांगितिक प्रस्तुती दिने छन् । लाउञ्जले संगीतमा अधिक रुची भएका खेल प्रेमीहरुलाई लक्षित गर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु प्रदर्शन गर्नेछ । 

लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आमदर्शक, संगीत प्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । उक्त अवसरमा लाउञ्जले सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने लाउञ्जका सञ्चालक कुमार गुरुङले जानकारी दिए । 

चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट आयोजना हुने छन् । 

बिहान ११ बजेदेखि रातिसाढे १२ बजेसम्म संचालनमा आउने रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।
 

salt training

कमेन्ट गर्नुहोस्