
काठमाडौं, ३० जेठ – स्पेनी फूटबल फेडरेसनले जुलेन लोपेटेगुईलाई राष्ट्रिय टोलीको प्रशिक्षक पदबाट बर्खास्त गरेपछि अल्बर्ट सेलाडेसलाई नयाँ प्रशिक्षक बनाइएको छ ।
स्पेनका लागि अन्तर्राष्ट्रिय खेल खेलिसकेका अल्बर्ट स्पेनको अन्डर–२१ टोलीका प्रशिक्षक रहिसकेका छन् । उनको प्रशिक्षणमा उक्त टोली गत वर्ष युरोपेली च्याम्पियनशिपमा उपविजेता बनेको थियो । उनले बर्खास्त गरिएका प्रशिक्षक लोपेटेगुईको सहायकका रूपमा काम गरिसकेका छन् ।
एजेन्सी