
काठमाडौं, ३१ जेठ – बेलायतमा भारतीय मूलका एक विद्यार्थीलाई त्यहाँका एक गोराले ‘ब्रेक्जिट, गो ब्याक होम’ भनी चिच्याएका छन् ।
हिजाब लगाएकी एक महिलामाथि उक्त व्यक्तिले गरेको टिप्पणीमा ती विद्यार्थीले विरोध गरेका थिए ।
क्याम्ब्रिज न्युजमा छापिएको खबरअनुसार, क्याम्ब्रिज विश्वविद्यालयमा राजनीतिशास्त्रका विद्यार्थी रिकेश आडवाणीले महिलामाथि उक्त व्यक्तिको टिप्पणीको विरोध गरेका थिए । आडवाणीले भने, ‘उक्त व्यक्तिले महिलामाथि गरेको
टिप्पणी सुनेपछि म खुब रिसाएँ । सन् २०१८ मा पनि यस्ता मानिस हुन्छन् भन्नेमा मलाई विश्वास भएन । मैले उसलाई पहिले विनम्रतापूर्वक रोकें र यो कुरा त्यहीँ टुंगिएला भनी आशा गरें ।’
घरबारविहीन मानिसहरूका लागि च्यारिटी चलाउने आडवाणीले त्यस्तो स्थितिमा जो कसैले पजि गल्ती स्वीकार्ने आशा गरेको भएपनि त्यो व्यक्ति त आक्रामक भयो र अब ब्रेक्जिट आइसक्यो, तँ घर जा पो भन्यो । दुःखको कुरा त,
जातिभेद र लिंगभेदयुक्त टिप्पणीको विरोध गर्दा कसैले पनि समर्थन नगरेकोमा उनी निराश छन् ।
प्रहरीका एक प्रवक्ताले यसमा अनुसन्धान चलिरहेको बताए । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।
एजेन्सी