
काठमाडौं ३१ जेठ – इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
मूल्यवृद्धि फिर्ता, महंगी नियन्त्रण र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै विप्लव र वैद्यका कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।
रत्नपार्कमा आयोजित विरोध सभालाई क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल, नेकपाकी नेतृ उमा भुजेल लगायतले सम्वोधन गरेका थिए । मूल्यबृद्धिको विरोधमा मंगलवार सत्तारुढ दलकै भातृ संगठनले विरोध प्रदर्शन गरेका थिए ।
सरकारले नयाँ बजेट सार्वजनिक गरेलगत्तै व्यापारिहरुले कृतिम अभाव र मूल्यबृद्धि गरेको भन्दै संसदमा समेत आवाज उठेको थियो ।