काठमाडौं– विश्वकप–२०१८ अन्तर्गत उद्घाटन खेलमा रसियाले साउदी अरेबियाविरुद्ध ३ गोल हानेको छ । पहिलो हाफमा २ गोल गरेको रसियाले दोस्रो मा अर्को गोल थपेको छ । रसियाले १२ औं मिनेट, ४३ औं मिनेट र ७१ औं मिनेटमा गोल गरेको हो ।
मस्कोस्थित लुजिन्की रंगशालामा भएको खेलमा खेलको १२ औं मिनेटमा रसियाका युरी गान्जिनस्काईले सुरुवाती गोल गरे ।
यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे । यस्तै ७१ औं मिनेटमा अर्तेम जुबाले हाने ।
उद्घाटन खेलमा साउदी निकै दवावमा देखिएको छ ।