अर्घाखाँची, १ फागुन- विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमि ओझेलमा परेको छ।
हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए। पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो।

यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै आदि १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता छ।यस क्षेत्रको प्रचारप्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ।
विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको नेपाल राष्ट्रिय माविका प्राचार्य पुष्कर पोख्रेलले बताए। रासस