काठमाडौं, १ फागुन — अमेरिकी अधिकारीहरूले आधिकारिक कागजात नलिइकन देशमा बसिरहेका आप्रवासीहरूमाथि छापा मारेका छन् । यसक्रममा सयौंजनालाई पक्राउ गरिएको छ ।

डोनाल्ड ट्रम्पको कार्यकालमा यस्तो धरपकड पहिलोचोटि गरिएको हो । यो कारवाही शुरु भएसँगै आप्रवासीहरूमा त्रासको वातावरण फैलिएको छ ।
अमेरिकाको संघीय आप्रवास तथा भन्सार कार्यान्वयन संस्था (आईसीई) ले लस एन्जेलस, न्युयोर्क, शिकागो, अस्टिन र एटलान्टा जस्ता शहरहरूमा कागजात नलिई बसेका कैयौं आप्रवासीलाई पक्रेका छन् ।
अधिकारीहरूलाई यसलाई नियमित कारवाही मात्र बताएका छन् । आईसीईकी प्रवक्ता जेनिफर एल्जियाले भनिन्, ‘यो कुनै विशेष कारवाही होइन, नियमित प्रक्रिया हो ।’
क्यालिफोर्नियाबाट १६० जनालाई पक्राउ गरिएको छ । सैैंतीसजना अवैध आप्रवासीलाई मेक्सिको फिर्ता पठाइएको छ ।
राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीप्रति कठोर कदम चालिने बताउँदै आएका थिए । यसरी बस्नेहरूमाथि फौजदारी कारवाही गरिने उनले बताएका थिए ।
एजेन्सीको सहयोगमा