
काठमाडौं, २ असार– रसियामा जारी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा मोरक्को पराजित बन्न पुगेको छ । माेरक्कोको एजिज बौहादडौजले आत्मघाती गोल गरेपछि इरानको जित सुनिश्चित बनेको हो । उनले बललाई हेडमार्फत रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
शुक्रबार राती सम्पन्न खेलको इन्जुरी समययको अन्तिमतिर अात्मघाती गाेल भएसँगै मोरक्कोका खेलाडी निराश बन्न पुगे ।
गोलरहित बराबरीमा खेल टुंगिनै लागेको बेला अजिजले ९५ औं मिनेटमा गोल गरेका हुन्।
याेसँगै मोरक्कोका खेलाडी निकै भावुक र निशार बन्दै मैदानबाट बाहिरिएका थिए ।