०३ साउन २०८३, आइतबार

नेकपा स्थायी कमिटीको पहिलो बैठक आज

नेकपा स्थायी कमिटीको पहिलो बैठक आज

काठमाडौं, २ असार– एकतापछि नेपाल कम्युनिस्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । 

बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्यक्षले सम्बोधन गर्ने बताइएको छ । पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्