२६ असार २०८३, शुक्रबार

विराटनगरमा फार्मेसीको नाममा ठगी : ६४ हजारको औषधि सवा लाखको बिल

विराटनगरमा फार्मेसीको नाममा ठगी : ६४ हजारको औषधि सवा लाखको बिल

विराटनगर, २ असार–६४ हजार रुपैयाँको औषधिलाई एक लाख २९ हजार रुपैयाँको बिल बनाएर ठगी गर्न खोज्ने फार्मेसी संचालकलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ ।

बिहीवार बिराटनगर अस्पताल परिसरबाट पक्राउ परेका महाकाल मेडिकलहलका संचालकलाई शुक्रवार प्रहरीले सार्वजनिक अपराध मुद्दामा ६ दिन म्याद थप गरेको हो । 

पक्राउ परेका आरिशकुमार परियारले मोरङ कानेपोखरीका श्याम मगरको उपचारका लागि ६४ हजार ५ सय रुपैयाको औषधि दिएर एक लाख २९ हजार ६ सय रुपैयाँको बिल बनाएर तिर्न दवाव दिएका थिए । 

फार्मेसीले बढी औषधि दिएको, विल बनाएर ठगी गरेको थाहा पाएपछि मगरका भाइ पुर्णबहादुरले प्रहरीलाई खबर गरेका थिए । प्रहरीमा पीडित मगर पक्षले लिखित जाहेरी दिन नमानेपछि परियारलाई मोरङ प्रहरीले सार्वजनिक अपराध मुद्दामा ६ दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको हो । 

फार्मेसीले अस्पतालबाट डाक्टरले दिएको पुर्जामा भन्दा बढी औषधि दिएको हिसाव देखाएको थियो । फार्मेसीले २ थान औषधिलाई १२ थान, ९ थान औषधिलाई १९ थान बनाएर ठगी गर्न खोजेको हो । 

अस्तालबाट डाक्टरले औषधि ल्याउन दिएको पुर्जामा इन्जेक्सन नुराल्ड २ थान, एमएल ९ थान लेखिएको छ । १९ वटाको मुल्य ५ हजार ७ सय ९५ लेखेको थियो । 

त्यस्तै इन्जेक्सन भिटिके, भिटिसी २–२ वटा ल्याउन अस्पतालले दिएको पुर्जीमा छ । तर फार्मेले २ वटा इन्जेक्सनको अगाडी १–१ थपेर १२–१२ बनाएको पाइएको थियो । औषधिको मूल्य पनि सामान्यभन्दा बढी राखेर बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्