१८ असार २०८३, बिहीबार

मानसिक अस्पतालको ३५ बर्ष : बिरामी थपिए-दरबन्दी थपिएन

असार २, २०७५
मानसिक अस्पतालको ३५ बर्ष : बिरामी थपिए-दरबन्दी थपिएन

काठमाडौं, २ असार– मानसिक बिरामीका लागि देशको एक मात्रै रिफरल केन्द्रका रुपमा स्थापित पाटनस्थित मानसिक अस्पताल अभावका बीच चलिरहेको छ ।

अपुग जनशक्ति, साँघुरो भौतिक संरचना र कर्मचारी समन्वय अभावका कारण अस्पताल व्यवस्थित हुन नसकेको हो । 

दैनिक करिब डेढ सयको हाराहारीमा बिरामीको आगमन हुने अस्पतालमा अत्यन्तै न्यून बेड छन् । 

‘३५ बर्षअघि स्थापित सुरुवाती चरणमा जति कर्मचारी दरबन्दी थियो, अहिले पनि त्यति नै छ, बिरामीको चाप भने दिनप्रतिदिन बढ्दो छ ।’ अस्पतालका सूचना अधिकारी डा. वासुदेव कार्की भन्छन्, ‘आएजति बिरामीको उपचार उपचार गर्न सकिएको छैन, बिरामीको रेफरल केन्द्रमा आइपुगेपछि हामीले अन्त रेफर गर्न पनि मिलेन ।’, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्