३१ जेठ २०८३, आइतबार

एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

एम्बुलेन्स दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

 धनुुुुषा, २ असार- धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ । 

बिरामी पुर्याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर पुलमा ठोक्किँदा चालक नगरपालिका वडा नं १ निवासी २३ वर्षीय सन्तोषकुमार रायको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल जनकपुर पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्