रौतहट, ३ असार– बालक हत्याको आरोपमा कटहरिया नगरपालिका ९ का वडाध्यक्ष रामाज्ञानप्रसाद यादवसहित १२ जना पक्राउ परेका छन् । वडाध्यक्ष यादव बालक हत्याका मुख्य योजनाकारसमेत रहेको प्रहरीले बताएको छ । डुमरिया टोल निवासी दिलीप शाहका १२ वर्षीय छोरा युवराज साहको २६ जेठमा अपहरण गरी २८ जेठमा गोली हानी हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ । आजको राजधानी दैनिकले खबर छापेको छ ।
यसैबीच बालक हत्यामा संलग्न रहेको आरोप लागेका प्रहरी जवान तथा वडाध्यक्ष यादवका भाइ होसनारायण फरार भएका छन् । उनी भारततर्फ भागेको हुन सक्ने आशंका गरिएको छ ।र