
काठमाडौँ, ३ असार - तराई द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि प्रस्ताव दर्ता गराएका १७ मध्ये ६ कम्पनी पहिलो चरणमा सूचीकृत भएका छन् । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले साढे ३ महिनाको समय राखेर प्रस्ताव माग गरेकामा एक नेपालीसहित १७ कम्पनी इच्छुक देखिएका थिए ।
छनोट भएकामा छिमेकीद्वय भारत र चीनसहित स्विटजरल्यान्ड, दक्षिण कोरिया र जापानी कम्पनी छन् । चिनियाँ दुइटामध्ये एउटा हङकङ र अर्काे गोन्जाओका हुन् । सेनाका अनुसार छनोट भएका कम्पनीले ३५ दिनभित्र आशयपत्र पेस गर्नुपर्छ । सेनाको इन्जिनियरिङ विभागको प्राविधिक समितिले आशयपत्र अध्ययन गरेर राम्रो र कम बजेट प्रस्ताव गर्ने कम्पनी छान्नेछ, कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।