
रुसमा जारी विश्वकप खेल हेर्न आएका मानिसहरुको भीडमा ट्याक्सी कुदेको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।
रुसको राजधानी मस्कोमा शनिवार एक ट्याक्सी फुटबल हेर्न हिडेका सर्वसाधरणको भीडमा कुदेको थियो ।
खेल हेर्नका लागि जाँदै गरेका सर्वसाधरणको बीचमा तेज रफ्तारमा आएको अनियन्त्रित ट्याक्सीले रेड स्कवायरमा घुसेको थियो । रुसी मिडियाका अनुसार यस हादसामा मेक्सिकोका दुई, रुसका दुई र युक्रेनका कम्तिमा दुई
नागरिक घाइते भएको जनाइएको छ । अनियन्त्रित रुपमा ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको छ ।