२२ असार २०८३, सोमबार

भिडियो निर्देशकले जिल ख्वाए मेस्सीलाई

भिडियो निर्देशकले जिल ख्वाए मेस्सीलाई

काठमाडौं, ३ असार – लियोनेल मेस्सी अहिलेसम्मकै महान् फूटबल खेलाडीमध्ये एक होलान् तर उनी पेनाल्टीमा गोल गर्न प्रायः चुकिरहेका हुन्छन् । 

शनिवार आइसल्यान्डसँगको खेलमा मेस्सीको त्यो कमजोरी फेरि उदांगो भयो । पेनाल्टी एरियामा सर्जिओ अग्वेरोमाथि फल भएपछि मेस्सी गोल गर्न आएका थिए । त्यतिखेर स्कोर १–१ थियो । 

तर मेस्सीको प्रहार कमजोर थियो अनि आइसल्यान्डका गोलकीपर हान्नेस पोर हाल्डोरसनले सजिलै गोल रोके । 

अनि त्यसपछि तर मेस्सी र उनका चिरप्रतिद्वन्द्वी रोनाल्डोलाई तुलना गरेर सामाजिक सञ्जालमा भकाभक पोस्टहरू आउन थाले । रोनाल्डोले शुक्रवार स्पेनविरुद्धको खेलमा १२ यार्डबाट मज्जाले गोल गरिदिएका थिए । 

मेस्सी र उनका साथी खेलाडीलाई आइसल्यान्डको डिफेन्सलाई तोड्न धौधौ प–यो अनि उनीहरू आइल्यान्डसँग अंक बाँड्न बाध्य भए ।

मेस्सीको गोल रोक्ने हाल्डोरसन फूटबलबाट फुर्सद भएको समयमा भिडियो निर्देशन गर्छन् । खेलपछि उनले मेस्सीका पुराना गेमहरू आफूले ध्यान दिएर हेरेको र उनको पेनाल्टी रोक्नका लागि मिहिन तयारी गरेको प्रतिक्रिया दिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्