२९ असार २०८३, सोमबार

प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने कहिले ? कांग्रेसको प्रश्नपछि सरकारलाई सभामुखको रूलिङ

प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने कहिले ? कांग्रेसको प्रश्नपछि सरकारलाई सभामुखको रूलिङ

काठमाडौं ३ असार– प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने संसद नियमावलीको व्यबस्था कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई रूलिङ गरेका छन् । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रत्येक महिनाको पहिलो र तेस्रो साताको पहिलो बैठकमा प्रधामनन्त्रीलाई प्रश्न गर्न पाउने संसद नियमावली कार्यान्वयन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । 

‘प्रधानमन्त्रीसँग सोध्नु पर्ने कयौ प्रश्न छन्, ती सबै प्रश्नको जवाफ कहिले आउने हो ? हुनत प्रतिपक्षले प्रश्न सोद्धा सत्ताका मान्यलाई असह्यै होला !’ रिजालले भने, ‘प्रधामन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्ने जनताको अधिकार संसदले प्रयोग गर्ने हो, यसतर्फ तत्काल व्यबस्था होस ।’ 

सभामुख महराले प्रतिनिधिसभा नियमावली ९ र ५६ प्रति संसदको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘यसबिषय तर्फ सरकारको ध्यानाकर्षण भएको हुनुपर्छ भन्ने ठान्दछु । कार्यव्यबस्था परार्मश समितिमा छलफल पछि यो व्यबस्था लागू हुन्छ’ महराले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्