२४ जेठ २०८३, आइतबार

संसदमा बहस- साइकलमा आँप लिची बेच्ने मधेसीलाई काठमाडौं महानगरले लखेट्यो !

संसदमा बहस- साइकलमा आँप लिची बेच्ने मधेसीलाई काठमाडौं महानगरले लखेट्यो !

काठमाडौं ३ असार– काठमाडौं उपत्यकामा साइकलमा, आँप लिची र तरकारी बेच्दै आएका २५ हजार मधेसीलाई काठमाडौं महानगरपालिकाले खेदेको भन्दै सत्तारुढ दलका सांसदले संसदमा आवाज उठाएका छन् । 

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शून्य समयमा संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले काठमाडौंमा साइकलमा तरकारी फलफूल बेच्ने २५ हजार मधेसीलाई खेदिएको आरोप लगाएका हुन् ।  

‘काठमाडौं महानगरले केही समय अघिसम्म एक हजारसम्म जरीवाना गरेकोमा १५ दिनदेखि साइकल जफत गर्ने काम गरेको छ’ यादवले संसदमा भने, ‘महानगरलाई अबिलम्ब, हस्तक्षेप गरेर, उनीहरुलाई जिवीका पालन गर्नको लागि सरकारको ध्यानाकर्षण गराउछु ।’
 

salt training

कमेन्ट गर्नुहोस्