२५ असार २०८३, बिहीबार

विप्लवको पार्टीले किन गर्‍यो निजी विद्यालयमा हडताल ?

विप्लवको पार्टीले किन गर्‍यो निजी विद्यालयमा हडताल ?

काठमाडौँ, ३ असार -  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । 

सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो । 

हडतालका कारण काठमाडौँ उपत्यकालगायत अधिकांश स्थानका निजी (संस्थागत) विद्यालय बन्द भएको बताउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष विजय सम्बाहाम्फेले माग पूरा गर्ने नाममा विद्यालय बन्द गराउनु गलत भएको बताउनुभयो । सामुदायिक विद्यालयमा भने पढाइ भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्