०२ असार २०८३, मंगलबार

बच्चाले तोड्यो मूर्ति, तिर्नुपर्ने भो एक करोड रुपैयाँ

बच्चाले तोड्यो मूर्ति, तिर्नुपर्ने भो एक करोड रुपैयाँ

काठमाडौं, ३ असार – अमेरिकाको कान्सासनिवासी एक पाँच वर्षीय बच्चाले मूर्ति भत्काउँदा एक बीमा कम्पनीले उसमाथि एक करोड डलरभन्दा बढीको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको छ । 

सारा गूडम्यानले कान्सास सिटी स्टारलाई बताएअनुसार, अघिल्लो महिना ओभरल्यान्ड पार्कको टमाहक रिज कम्युनिटी सेन्टरमा एक विवाह समारोहमा भाग लिएका बेलामा उनका छोराले मूर्ति फुटाइदिएको थियो । उनले मूर्ति भुइँमा
खसेको त देखिनन् तर मूर्ति खस्दा उनका छोरालाई सामान्य चोटपटक लागेको थियो । 

भीडभाड भएको ठाउँमा मूर्तिलाई असुरक्षित तरिकाले राखिएको उनले बताइन् । आफ्नो बच्चालाई निगरानी गरिरहेको र कुनै लापरवाही नगरिएको उनको दाबी छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्