
काठमाडौं १ फागुन-सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरिक्षकमा तेस्रो वरियताका जयबहादुर चन्दलाई गरिएको नियुक्ती कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आइतवार प्रहरी महानिरिक्षकको नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता कपिल ढकालको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश कार्कीको एकल इजालसले नियुक्ति कार्यान्वयन नगर्न आदेश दिएको हो । यसअघि सरकारले प्रहरीको तेस्रो बरियताका चन्दलाई प्रहरी महानिरिक्षक नियुक्त गरेको थियो ।
रिटमाथि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, भीमार्जुन आचार्यले वहस गरेका थिए ।
अदातलले यस सम्बन्धमा अर्को सुनुवाईको लागि उपस्थित हुन विपक्षीहरुलाई आदेश दिएको अधिवक्ता भीमार्जुन आचार्यले लोकान्तरलाई जानकारी दिए ।
सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।