
काठमाडौं, ४ असार - साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो आइतबारको तुलनामा २ सय रुपैयाँले कम हो ।
तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।