२२ जेठ २०८३, शुक्रबार

सडक दुर्घटनामा काटिएको जिभ्रो घाँटीमा अड्किएर मृत्यु

सडक दुर्घटनामा काटिएको जिभ्रो घाँटीमा अड्किएर मृत्यु

काठमाडौं, ४ असार – भारतको उत्तराखण्डको राजधानी देहरादूनमा आइतवार राति अचम्मको सडक दुर्घटना भएको छ । 

बाइक र ट्रक ठोक्किँदा २१ वर्षीय एक विद्यार्थीको जिभ्रो काटियो अनि घाँटीमा गएर फस्यो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो । 

आलोक दुराह नामक ती व्यक्ति प्रेमनगर इलाकामा बायकमा गइरहेका थिए । त्यतिखेरै ट्रक र मोटरसाइकल जुधे । 

पश्चिम बंगालको जलपाईगुडीमा बस्ने आलोक आफ्ना साथी जेआर जोनसोनसँग बाइकमा गइरहेका थिए । जोनसन पनि दुर्घटनामा मारिए । दुवैजना दून पीजी कलेजमा बीएससी पढिरहेका थिए । 

प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका कारण जोनसोनको घटनास्थलमै मृत्यु भयो । बाइकमा पछिल्तिर बसेका आलोकलाई गम्भीर अवस्थामा अस्पताल लगियो र त्यहीँ उनको मृत्यु भयो । जिभ्रो घाँटीमा अड्किएपछि सास
रोकिएर उनको मृत्यु भएको हो । 

प्रहरीले बतायो, ‘प्रत्यक्षदर्शीहरूले बताएअनुसार, भिडन्तका बेलामा दुवै युवकले हेल्मेट लगाएका थिएनन् तर हेल्मेट बोकेका भने थिए ।’

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्