
काठमाडौं, ४ असार– काठमाडौं चाबहिलको चुच्चेपाटीस्थित सामसुङ कम्पनीको स्वरूमको सटर तोडेर २८ थान मोबाइल र २८ लाख रुपैयाँ नगद चोरी गर्ने २ जना पत्राउ परेका छन् ।
गत जेठ १८ गते रातिको समयमा सटर फोडेर लुटपाट गरेका दुईजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–७ घर भएका ३६ वर्षीय जितेन्द्र रौनियार र रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थायी घर भएका ३३ वर्षीय जयराम श्रेष्ठ छन् ।
दुवैजनाविरुद्ध महानगरी प्रहरी बृत्त गौशालाले चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।