
हुम्ला, ४ असार – कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज १ भारतीयको मृत्यु भएको छ ।
भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए । लेक लागेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।