बिबिसी, २८ मंसिर – बार्सिलोनाका चिरपरिचित प्रतिद्धन्द्धी लियोनेल मेसीलाई पछि पार्दै रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले बालोन डि ओरको उपाधि कब्जा गरेका छन् ।
सोमबार अबेर जुरिचमा सम्पन्न विशेष समारोहबीच उनलाई वर्षको उत्कृष्ट फुटबल खेलाडी घोषित गरिएको हो ।

रोनाल्डोको यो चौथो उपाधि हो भने मेसीले यो पटक उपाधि जित्न नसकेपनि पाँचौं पटक उपाधि जितिसकेका छन् ।
रोनाल्डोले सन् २००८, २०१३, २०१४ र २०१६ मा बालोनको उपाधि जित्दाा मेसीले सन् २००९,२०१०,२०११, २०१२ र २०१५ मा उपाधि जितेका थिए ।
विश्वभरका १७३ पत्रकारहरुको भोटिङको आधारमा उपाधिको छिनोफानो हुन्छ ।

म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउन रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए भने उनकै कप्तानीमा पोर्चुगलले युरो २०१६ को उपाधि कब्जा गरेको थियो ।