
काठमाडौं, ५ असार– सरकारले कायममुकायम सचिव यादव प्रसाद कोइरालालाई सचिवमा बढुवा गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
सचिवमा बढुवा भएका कोइरालालाई प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको कार्यालयमा पदाधिकार रहने गरी काठमाडौं महानगरपालिकामा काम गर्ने गरी व्यवस्था मिलाइएको छ ।
लामो समय गृह प्रशासनको अनुभव सम्हालेका कोइराला नेतृत्व क्षमतामा दख्खल राख्ने अधिकारीका रुपमा चिन्छिन् ।