२५ जेठ २०८३, सोमबार

निगरानीकर्ता एकै नाकामा हुँदा नेपाली चेली सहजै सीमा पारि !

निगरानीकर्ता एकै नाकामा हुँदा नेपाली चेली सहजै सीमा पारि !

विराटनगर, ५ असार – सीमा क्षेत्रमा हुने मानव तस्करी रोक्न धेरै संघसंस्था खुलेका छन् । तर, मानव तस्करी झन्–झन् बढ्दै गएको छ ।

विराटनगरको मुख्य सीमा क्षेत्र रानी हुँदै जोगवनी प्रवेश गर्न सर्वसाधारणको बाक्लो उपस्थिति रहन्छ । सीमा क्षेत्रमा निगरानी गर्न प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएका हुन्छन् । सँगसँगै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले समेत सीमा क्षेत्रमा परिचालन भएको बताइन्छ । नाकामा ५ वटा संघसंस्थाले मानव बेचबिखन हुन नदिन निगरानी गरिरहेका भएपनि प्रभावकारिता देखिँदैन ।

मुख्य सीमा नाकामा निगरानी गर्न सबैभन्दा बढी विश्व सेवा विस्तार संस्थाले १५ जना कर्मचारी राखेको छ । साना हातको ११ जना, माइती नेपालको ४ जना, केआई नेपालको ३ जना र सबैभन्दा कम १ जना एबीसी नेपालका कर्मचारी नाकामा बसेर निगरानी गर्छन् । तर, अन्य नाकाबाट बेचबिखन भएको यी संस्थाले पत्तै पाउँदैनन् ।

केही दिनअघि १ बालिकालाई भारतमा लागेर बेचिएको २० दिनपछि मात्र निगरानी गर्न खटिएका संस्थाले थाहा पाए । रंगेलीकी १३ वर्षीय बालिकालाई रंगेलीको छोटी नाका हुँदै रेलबाट भारतको महाराजपुर पुर्याइएको थियो । अधिकांश संस्था एउटै नाकामा सीमित हुँदा अन्य नाका प्रयोग गरेर मानव तस्करले महिला तथा बालिकालाई भारतका विभिन्न कोठीसम्म पु¥याउँदै आएका छन् ।

मोरङ जिल्लाका छोटी नाकामध्ये रंगेली नाकाबाट पनि बेचबिखनको खतरा रहेको बालिका बेचबिखनको घटनाबाट पाठ सिकेको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले बताए । ‘२० दिनपछि उद्दार गरिएकी ती बालिका हाम्रै निगरानीमा छन्, हामीले नै पढाइ दिने सोचेका छौं,’ उनले भने । तर, बालिका तथा महिला बेचविखन तथा ओसारपसार भइरहँदा सीमा क्षेत्रमा क्रियाशील संघसंस्थाको भूमिकामा गम्भीर प्रश्न उब्जिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्