२८ जेठ २०८३, बिहीबार

पेट थिचेर सुत्ने बानी छ ? तुरुन्त छोड्नुस् !

कात्तिक २०, २०७४
पेट थिचेर सुत्ने बानी छ ? तुरुन्त छोड्नुस् !
काठमाडौं, १ फागुन — धेरैजसो मानिस पेट थिचेर सुत्ने गर्छन् । यसो गर्दा आराम त पाइएला तर यसबाट हानि पनि त्यत्तिकै हुन्छ । तर यसका बारेमा धेरैजनालाई थाहै छैन । जान्नुस् पेट थिचेर सुत्दा के के नोक्सानी हुन्छ ः


कम्मरमा पीडा
पेट थिचेर सुत्दा मेरुदण्ड सिधा हुन पाउँदैन र यसमा समस्या आइदिन्छ ।
मांसपेशीमा समस्या
पेट थिचेर सुत्दा शरीरमा राम्ररी रक्तसञ्चार हुन पाउँदैन अनि मांसपेशीहरूमा पीडा र खुम्चिने समस्या आउँछ ।
गर्दनमा पीडा
पेट थिचेर सुत्दा गर्दनका मांसपेशीमा पीडा हुन थाल्छ ।
पाचन क्रियामा गडबडी
पेट थिचेर सुत्दा पेटमा दबाब पर्छ अनि पाचनक्रिया गडबड हुन्छ ।
मुखमा दाग
पेट थिचेर सुत्दा अनुहारको छाला थिचिन्छ जसका कारण अक्सिजन र रगतको प्रवाह राम्ररी हुन पाउँदैन अनि अनुहारमा दाग आउने र चाउरी पर्ने हुन्छ ।
जोर्नीमा पीडा
पेट थिचेर सुत्दा हाड र जोर्नीमा दबाब पर्छ र बिस्तारै यसमा पीडा बढ्न थाल्छ ।
टाउको दुख्ने
पेट थिच्दा गर्दनमा जोर पर्छ र रक्तसञ्चार गडबडाउँछ । यसो गर्दा टाउको दुख्ने समस्या हुन थाल्छ ।
एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्