२२ असार २०८३, सोमबार

अफ्रिकी टोलीको पहिलो जीत, सेनेगलले पोल्याण्डलाई हरायो

अफ्रिकी टोलीको पहिलो जीत, सेनेगलले पोल्याण्डलाई हरायो
Photo : Goal.com

काठमाडौं, ६ असार -

रुसमा जारी २१औं विश्वकपमा अफ्रिकी टोलीको तर्फबाट जीतको खाता सेनेगलले खोलेको छ ।

यसक्रममा मंगलबार राति भएको खेलमा उसले पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । 

सेनेगलको जीतमा बाए नियाङले १ गोल गरे । थप एक गोल विपक्षी खेलाडीले आफ्नै पोस्टमा गर्दा उपहार स्वरूप प्राप्त भयो ।

पोल्याण्डका लागि क्रिचोवाकले सान्त्वना गोल फर्काए । 

यी दुवै टोली ग्रुप एचमा छन् ।

सेनेगलभन्दा अघि यस विश्वकपमा कुनै पनि अफ्रिकी टोलीले जीत दर्ता गर्न सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्