
के म तिम्रो होइन रबाट सोलो डेब्युको मौका पाएकी हुन् अभिनेत्री मरिष्का पोखरेलले ।
तर, आर्यन अधिकारीसँगको अनस्क्रिन रोमान्सले जादु देखाएन ।
तथापि हिट चलचित्र चपली हाइटको सिक्वेलमा छिर्ने अवसर आयो उनलाई, प्रस्ताव स्विकारिन् । सिक्वेलले बजार पिटिरहेका बेला स्वाभाविक रुपमा मरिष्का आशावादी हुनेनै भईन् । तर, यसको हालत पनि उही पहिलो चलचित्रजस्तै भयो ।
२०७५ को वैशाखमा प्रर्दशनमा आएको चलचित्र लम्फुले पनि उनलाई खुसी वनाउन सकेन, चलचित्र नराम्रोस“ग पछारियो । यसैविचमा मरिश्काले म्युजिक भिडियो पनि गरिन् । तर उनको निर्देशनको कलाले उल्कापात केही देखाउन सकेन । यति मात्रै भन्न सकिन्छ मरिश्काले पनि भिडियो निर्देशन गरिन्
। धमाधम फ्लप फिल्म दिईरहेकी मरिश्काको पाईपलाईनमा मिस्टर भर्जिन, साली कसको भेनाको, पण्डित बाजेको लौरी, प्रेमालयलगायतका चलचित्र छन् तर यि चलचित्र पनि पहिलेका चलचित्रजस्तै फ्लपमाथी फ्लप भए भने के होला मरिश्काको करिअर ?
तर मरिश्का यो कुरा स्विकार्न हिचकिचाउँछिन् । केही समय अघि एउटा अनलाईनमा प्रकाशित गसिपको लिंक राख्दै उनले लामै स्टाटस लेख्दै भनेकी थिईन्, ‘म फ्लप हिरोईन् होईन । डियर रोर्पोटर आई एम डोईङ गुड ।’