
काठमाडौं, ७ असार –सिप्रदी ट्रेडिङ प्रा.लि., सिप्रदीयन सहायता संस्था र टाटा मोर्टसको संयुक्त आयोजनामा देशका नवौं प्रमुखशहरहरूमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को अगुवाइमा आयोजना गरिएको यस कार्यक्रमलाई सिप्रदीयन सहायता संस्था तथा टाटा मोटर्सले संयुक्त रुपमा सहयोग गरेको हो ।
कार्यक्रममा सिप्रदी तथा टाटा मोर्टसका प्रतिनिधिहरू सबै कर्मचारीहरू क्षेत्रीयप्रमुखहरू मिडिया साथीहरू तथाग्राहकहरू गरि हजारांै सहभागी भएका थिए । हजारौं वर्ष पुरानो योग अनुशासनबाट शारीरिक मानसिक तथा अध्यात्मिक विकास हुन्छ । केहीवर्ष पहिला संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त यस योग दिवसलाई संसारभरी मनाइन्छ र सिप्रदीले पनि यस विश्वव्यापी अभियानमा आफ्नो आबद्घता देखाउँदै हरेक वर्ष मनाउँदै आइरहेको छ ।
सिप्रदी ट्रेडिङ प्रा.लि.का निर्देशकश्री शम्भुप्रसाद दाहालले भने, ‘आज यहाँ विभिन्न उमेर समूहका व्यक्तिहरूको सहभागिताले गर्दा धेरै खुशी लागेको छ । शरीर र मनलाई शान्त राख्ने योगाअध्यात्मिक तथा योगिक अनुशासनको लागि गरिने व्यायाम हो । विशेष गरी आजका युवाहरू धेर नै नचाहिने कुरा, हिंसा आदिमा आफ्नो समय व्यतित गरिरहेका छन्, त्यसैले योगाले मन, शरीर र आत्मालाई शान्त बनाउदँछ । सिप्रदी ट्रेडिङ तथा सिप्रदीयन सहायता संस्था, टाटा मोटर्स तथा आफ्ना ग्राहक, परिवार तथा साथीभाइहरूसँग जोडिन पाउँदा खुशी व्यक्त गर्दछ ।”
त्यस्तै सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमुख कार्यकारी निर्देशकश्री राजनबाबु श्रेष्ठले भने, “विगतदुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजिक दायित्व बहन गर्ने संस्था सिप्रदीयन सहायता संस्थासँगै मिलेर यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । योगा भनेको खाली व्यायाम गर्नु मात्र होइन, यो आफनो भित्री पहिचान खोज्ने तरिका पनि हो र प्रकृति र विश्वलाई चिन्ने अवसर पनि हो । यसले हामीलाई स्वस्थ तथा समृद्घ बनाउनुका साथै हरेक दिन आनन्द र वर्तमानमा रहन सिकाउँदछ ।” सिप्रदीले जहिले पनि आफ्ना ग्राहकहरूलाई अग्रणी रूपमा राख्ने कुरामा विश्वास राख्दछ, चाहे त्यो गुणस्तर सेवा तथा प्रोडक्ट होस् वा विभिन्न लाभदायी सहायता कार्य होस् ।”



