०३ असार २०८३, बुधबार

भ्रष्टाचारी ठहर भएका शम्भुप्रसाद चालिसे २ महिनापछि पक्राउ

भ्रष्टाचारी ठहर भएका शम्भुप्रसाद चालिसे २ महिनापछि पक्राउ

काठमाडौं, ७ असार– १० लाख रुपैयाँ घुसहित पक्राउ परेर भ्रष्टाचारी ठहर भएका सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन शाखा अधिकृत शम्भुप्रसाद चालिसे अदालती फैसलाको अढाइ महिनापछि पक्राउ परेका छन् । 

सर्वोच्च अदालतको २० वैशाख २०७४ को फैसलामा चालिसे भ्रष्टाचारी ठहर भएका थिए । अदालतले उनीविरुद्ध १ वष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

अदालतको फैसलाअनुसार दोषि ठहर भएर फरार रहेका चालिसेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बुधवार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो । 

पक्राउ परेका चालिसेलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशअनुसार फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अधिकृतको रुपमा कार्यरत चालिसेले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सफाइ दिन्छु भन्दै १० लाख रुपैयाँ घुस मागेका थिए । 

पीडितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीका आधारमा चालिसे ११ साउन २०७१ मा घुस रकमसहित पक्राउ परेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्