
काठमाडौं, ८ असार– टाउकोमा खैरो भानुभक्त टोपी, त्यसमाथि रातो पट्टिले बाँधेको । खैरो रंगकै र जाँघे । कम्मरमा रातो पेटी र कालो बुट । १९९४ सालमा स्थापना भएको नेपाल रामदल अहिलेको अवस्थामा आएर ट्राफिक प्रहरी बनेको हो ।
२००७ सालमा प्रजातन्त्री आएसँगै रामदल जाँघेबाट पाइन्टमा आयो । २०१४ मा आएर पुनः ट्राफिक प्रहरीको पोशाक फेरिएर टाउकोमा कालो छाते टोपीमा रातो फेटा, फिक्का खैरो सर्ट र पाइन्ट, सेतो पेटी र कालो बुटमा पुग्यो ।
२०१४ देखि २०३७ सम्म भने गाढा खैरो छाते टोपी, फिक्का खैरो सर्ट र पाइन्ट, सेतो पेटी, नम्वर कोड सहितको नाम प्लेट, दाहिने पाखुरामा सेतो फेटा र हातमा सेतो पञ्जा ट्राफिक प्रहरीको ड्रेस बन्यो ।
२०३७ साल पछि अर्थात हालको पोशाक सेतो र कालो मिसिएको छातेटोपी, निलो सर्ट, गाढा निलो रंगको पाइन्ट, सेतो पेटी, निलो टाई, नाम सहितको नाम प्लेट, र दर्जा अनुसारको व्याचको रुपमा पोशाक प्रयोग गर्दै आएको छ ।
समयको विकास र प्रविधिको विकाससंगै ट्राफिक प्रहरीले अहिले सवारी व्यवस्थापनका लागि क्यामेरा, चस्मा, माक्स, गोप्प्रो क्यामेरा, ड्रोन क्यामेरासम्म प्रयोग गरिरहेको छ ।