
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ ।
निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्रता दिलाएका हुन् ।
खेल अझै जारी छ ।
आजको खेल जितेमा डेनमार्क अर्को चरणमा पुग्ने लगभग पक्का हुनेछ भने हारसँग अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिनेछ ।