१५ असार २०८३, सोमबार

दरबारमार्गका सर्इविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

दरबारमार्गका सर्इविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ, ७ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौँका प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रु २४ हजार र सोहीबराबर जरिवाना माग दावीसहित आज विशेष अदालत काठमाडौंँमा आरोपपत्र दायर गरेको छ । 

अभियुक्त ऐडीले व्यवसाय सञ्चालन गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्