२३ असार २०८३, मंगलबार

प्रहरी र लुटेराबीच मुठभेड : गोली प्रहारबाट लुटेरा घाइते

प्रहरी र लुटेराबीच मुठभेड : गोली प्रहारबाट लुटेरा घाइते

काठमाडौं, ७ असार – लुटेरा समूहसँग प्रहरीको मुठभेड हुँदा राजधानीको बौद्वनजिकै जम्बुडाँडामा आज साँझ गोली चलेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २ राउन्ड गोली चलाउँदा अमर भन्ने अस्मिल तामाङ घाइते भएको प्रहरीले जनाएको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच मुठभेड भएको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसे घर भएका अमर भन्ने अस्मिल तामाङको खुट्टामा २ राउन्ड गोली लागेको छ । अस्मिलले गत जेठ २५ गते डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित ताप्लेजुङ फुङलिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका विरेन तामाङलाई बोलाई अस्मिलले १८ लाख रुपैयाँ लुटपाट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्