२० असार २०८३, शनिबार

निक जोनास र प्रियंका चोपडा लिभ–इन बस्ने ?

निक जोनास र प्रियंका चोपडा लिभ–इन बस्ने ?

काठमाडौं, ८ असार – अमेरिकी गायक निक जोनास र बलिउड अभिनेत्री प्रियंका चोपडाबीचको अफेयरको हल्ला लामो समयदेखि नै चलिरहेको छ । दुवैजना प्रायः सँगै देखिने गरेका छन् ।

निकले प्रियंकालाई आफ्नो कजनको बिहेमा लिएर गएपछि त झन् दुवैको अफेयरको हल्ला चर्कियो । विदेशी फादर्स डेको भोलिपल्ट प्रियंकाले निकका बालाई पछ्याउन थालिन् अनि निकका दाइले प्रियंकालाई ‘बबाल’ भनी टिप्पणी गरे । 

त्यसो त प्रियंकाकी आमा मधुले यो सबै हल्ला मात्र भएको बताउँदै आएकी छन् । तर विभिन्न स्रोतले चाहिँ निक र प्रियंकाले बिहेकै सोच बनाएको बताएको छ । बिहेभन्दा अघि चाहिँ उनीहरू लिभ इनमा बस्ने सोच बनाइरहेको खबर आएको छ । 

प्रियंकाले निकलाई लिएर आमालाई भेटाउन मुम्बई आउने खबर पनि आइरहेको छ । 

स्रोतका अनुसार, ‘निकले आफ्ना साथीहरूलाई प्रियंकाले नै आफ्नो दिल चोरेको र आफूहरू अब सँगै बस्ने बताएका छन् । आफ्नी पुरानी प्रेमिकाभन्दा प्रियंका ठूली र प्रौढ भएको निकको सोच छ । उनीहरूबीचको सम्बन्ध गजबको छ ।’

निकका दाजु छिट्टै गेम अफ थ्रोन्सकी अभिनेत्री सोफी टर्नरसँग बिहेको बन्धनमा बाँधिन लागेका छन् । अब निक र प्रियंकाको जोडी जम्छ कि त ?

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्