२१ असार २०८३, आइतबार

ब्यूरोद्वारा ६ नक्कली पथप्रदर्शक पक्राउ

असार ८, २०७५
ब्यूरोद्वारा ६ नक्कली पथप्रदर्शक पक्राउ

काठमाडौं, ८ असार – नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले ६ नक्कली पथप्रदर्शक पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले नक्कली कागजपत्र पेश गरी गैरकानुनी तवरले पथप्रदर्शक काम गर्दै हिँडेका काठमाडौँका अनिल महर्जन र रमेश महर्जन, ललितपुरका राजीव महर्जन र अमृत डंगोल तथा भक्तपुरका किशोर चौगुठी र माधव चालिसेलाई बिहीबार पर्यटन विभाग भृकुटीमण्डपबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

पर्यटक पथप्रदर्शक हुन स्नातक तह उत्तीर्ण गर्नुपर्ने र विदेशी भाषामा पोख्त हुनुपर्ने भएपनि नक्कली कागजात पेश गरेर काम गर्दै हिँडेपछि नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । उनीहरू सबैले चिनियाँ पथप्रदर्शकका रुपमा काम गर्दै आएका थिए । 

उनीहरूलाई आज काठमाडौं जिल्ला अदालतबाट सरकारी छाप दस्तखत कीर्ते ऐनअन्तर्गत मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्