०७ असार २०८३, आइतबार

आइसल्याण्डलाई नाइजेरियाले जित्दा अर्जेन्टिनाको सम्भावना बलियो, यस्तो छ गणित

आइसल्याण्डलाई नाइजेरियाले जित्दा अर्जेन्टिनाको सम्भावना बलियो, यस्तो छ गणित

काठमाडौं, ९ जेठ– नाइजेरियाले आइसल्याण्डमाथि जित दर्ता गरेको छ । 

शुक्रबार भएको खेलमा नाइजेरियाले आइसल्याण्डमाथि दुई गोल गर्दै पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको हो । 

नाइजेरियाको जितमा अहमद मुसा नायक बने । 

आइसल्याण्डका गेल्फी सिगुडसन पेनाल्टिमा चुक्दा नाइजेरियासँग आइसल्याण्ड निराश बन्न पुग्यो । पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्डले बराबरी खेलेपछि समस्यामा परेको छ । 

यो समूहमा दुई खेल जितेको क्रोएसीया अन्तिम १६ मा पुगिसकेको छ । नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा छ र आइसल्याण्ड र अर्जेन्टिना समान एक एक अंकमा छन् । 

नाइजेरियाले आइसल्याण्डलाई पराजित गर्दा अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै रहेको छ । 

अब अर्जेन्टिनाले माथिल्लो चरणमा पुग्नका लागि नाइजेरियालाई पराजित गर्नुपेर्नछ भने क्रोएसियाले आइसल्याण्डलाई पराजित गर्नुपर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्