२० असार २०८३, शनिबार

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, लोकान्तरमै नतिजा हेर्न सकिने

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, लोकान्तरमै नतिजा हेर्न सकिने

काठमाडौं, ९ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी भइरहेको छ ।

नतिजा प्रकाशनका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । आज अपरान्ह ४ बजे नतिजा प्रकाशन गर्ने भनेपनि बोर्डले साँझ सवा ५ बजेसम्म नतिजा प्रकाशन गरेको छैन ।

बोर्डका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बताए । ‘बैठक बस्न ढिला भएकाले केही ढिलाइ भएको छ, केहीबेरमै नतिजा प्रकाशन हुन्छ,’ उनले भने ।

अहिले बोर्डको बैठक बसिरहेको छ भने बैठक सकिएपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिने छ । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । एसईईको नतिजा लोकान्तर डटकमबाट थाहा पाउनु सकिने छ । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्