१५ असार २०८३, सोमबार

क्रिकेटमा २ करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

असार १०, २०७५
क्रिकेटमा २ करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

काठमाडौं, १० असार – महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने १ जनालाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले आइपीएल क्रिकेटमा सट्टेबाजीको नाममा २ करोड ४० लाख रुपैयाँ ठगी गर्ने धनुषाका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौं महानगरपालिका–४ पानीपोखरीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

अग्रवालले काठमाडौं महानगरपालिका–७ सिफल बस्ने महोत्तरीका ३९ वर्षीय राकेश सिंहलगायतका व्यक्तिबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी उक्त रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ अग्रवाललाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्