२८ जेठ २०८३, बिहीबार

न्युजिल्यान्डमा मुस्लिम महिलामाथि आक्रमण, देश छोडेर जान भनियो

कात्तिक २०, २०७४
न्युजिल्यान्डमा मुस्लिम महिलामाथि आक्रमण, देश छोडेर जान भनियो
काठमाडौं, २ फागुन — न्युजिल्यान्डको अकल्यान्डमा मुसलमान महिलामाथि आक्रमण भएको छ । मेहपारा खान नामक ती महिला सञ्चार सल्लाहकारका रूपमा एक कम्पनीमा काम गरिरहेकी थिइन् ।


केही दिनअघि एकजनाले उनीमाथि बीयरको क्यान फ्याँकिन् अनि देश छोडेर जा भनिन् ।

मेहपाराले आफ्नो ट्विटर ह्यान्डलमा यसको जानकारी दिएकी थिइन् । उनले यसको भिडियो पनि पोस्ट गरेकी छन् ।

मेहपारा र उनका चारजना साथीहरू अकल्यान्डमा छुट्टी मनाएर फर्कंदै गर्दा फ्रेश हुनका लागि राजमार्गको एक रेस्ट रूम जान चाहिन् । उनले रेस्ट रूम छिर्नुअघि गाडी पार्क गरेर झर्दै गर्दा एकजना केटी उनीनजिक आएर चिच्याउन थालिन् । त्यसपछि ती केटीले मेहपारा र उनका साथीहरूमाथि बीयर क्यान फ्याँकिन् । मेहपाराका कपडामा बीयर क्यान लाग्यो ।

न्युजिल्यान्ड हेराल्ड नामक पत्रिकासँग कुरा गर्दै उनले भनिन्, ‘त्यो केटीले हामीहरूमाथि तिमीहरू यहाँका होइनौ, अन्तै जाओ भनी चिच्याइन् । मुस्लिमहरू यहाँका होइनन्, तिनीहरूले देश छोडेर जानुपर्छ । त्यसपछि उनले ममाथि बीयर क्यान फ्याँकिन् । मैले ठूलो बेइज्जती महसूस गरें ।’

‘हामीले केही गर्न सकेनौं । शुरुमा त हामीलाई उनी हामीमाथि बर्सिंदैछिन् भन्ने नै थाहा भएन । तर उनले मुसलमान भन्ने शब्द प्रयोग गरेपछि बल्ल उनी हामीमाथि चिच्यारहेकी छन् भन्ने थाहा पाएँ । त्यसको भिडियो पनि हामीले बनायौं । मैले म न्युजिल्यान्डमा नै जन्मेको र यो मेरो पनि देश हो भनेर सुनाएँ ।’

प्रहरीले उक्त भिडियो प्राप्त गरेको र यससम्बन्धमा जानकारी जुटाइरहेको बतायो ।

यो ट्विट आएपछि मेहपाराको समर्थनमा मानिसहरूले आवाज उठाएका छन् ।




दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्