१२ असार २०८३, शुक्रबार

सीके राउतलाई थप दश दिन थुनामा राख्न आदेश, समर्थकको प्रदर्शन

कात्तिक २०, २०७४
सीके राउतलाई थप दश दिन थुनामा राख्न आदेश, समर्थकको प्रदर्शन
काठमाडौं, २ फागुन–राज्यविरुद्धको संगठित अपराधको मुद्दा चलाइएका सीके राउतलाई सिरहा जिल्ला अदालतले थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

स्वतन्त्र मधेश गठबन्धनका नाममा आन्दोलन गर्द आएका राउतलाई माद्द २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि दश दिन थुनामा राख्न आदेश दिएको थियो ।

जनकपुरमा पक्राउ परहेका राउतलाई सिरहा लगिएको थियो । सिरहा लगिएसँगै प्रहरील प्रहरी कार्यालय लहानले मुद्दा दायर गरेको थियो ।

राउतलाई जिल्ला अदालत लैजाने क्रममा उनका समर्थकहरुले उनको रिहको माग गर्दै प्रदर्शन गरेका थिए । स्थिति असामान्य भएसँगै प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर पारेको सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।

झडपमा करिब एक दर्जन प्रदर्शनकारी घाइते भएको जनाइएको छ । प्रदर्शनमा उत्रिएका करिब आधा दर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कोइरालाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्