०७ साउन २०८३, बिहीबार

‘नाई नभन्नू ल ५’ चलचित्रको पोस्टर सार्वजनिक

‘नाई नभन्नू ल ५’ चलचित्रको पोस्टर सार्वजनिक

काठमाडौं, ११ असार – ‘नाई नभन्नू ल ५’ चलचित्रको पोस्टर सार्वजनिक भएको छ ।

निर्माताले सार्वजनिक गरेको पोस्टरमा २ जोडीलाई राखिएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई डेब्यु ब्वाई अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग रोमान्टिक अवतारमा देखिएका छन् । निर्देशक विकास आचार्यले फिल्मको कथा अनुसार पोस्टर सार्वजनिक गरेको बताए ।

‘नाई नभन्नू ल ५’ सदाझैं पारिवारिक कथा हो । ‘यो सिरिजमा फेमली ड्रमासँगै लभ स्टोरीलाई उत्तिकै स्थान दिएका छौं । पोस्टर यस्तै कथाको झ–झल्को हो,’ निर्देशक आचार्यले भने ।

भदौ ८ गते रिलिज हुने चलचित्रमा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ ।

चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । वसन्त सापकोटाको संगीत रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्