०७ साउन २०८३, बिहीबार

काभ्रेमा मिनीट्रक दुर्घटना, ६ घाइते, ३ जनाको अवस्था गम्भीर

काभ्रेमा मिनीट्रक दुर्घटना, ६ घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौं, ११ असार – काभ्रेमा सोमबार मिनीट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा४ख ३४१२ नम्बरको मिनीट्रक बनेपा– ५ रविओपीमा  सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

मिनीट्रकमा करीब १२ यात्रु रहेको बताइएको छ । सडकबाट तल खसेपछि मिनीट्रकमा आगोसमेत लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्