३० जेठ २०८३, शनिबार

बैंकबाट हराएको २३ लाख कर्मचारीको नातेदारको घरमा फेला !

कात्तिक २०, २०७४
बैंकबाट हराएको २३ लाख कर्मचारीको नातेदारको घरमा फेला !
काठमाडाैं‌‍, २ फागुन - नेपाल इन्भेष्टमेन्ट बैंक धनगढी शाखाबाट हराएको भनिएको करिब २३ लाख रुपैयाँ चोरीमा कर्मचारीकै संलग्नता फेला परेको छ ।

गायव भएको भनिएको रकम गोविन्द उपाध्यायले लगेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । वैंकबाट लगिएको रकम उनले भाउजुको घरमा भेटिएको छ ।

रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उपाध्यायले रकम आफूले लगेको स्विकार गरेको चन्दे बताए । अत्तरियामा बस्ने लीला जोशीको घरबाट रकम बरामद गरेको प्रहरीले जनाएको छ । जोशी उपाध्यायकी भाउजू हुन् ।

धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।

कर्मचारीका तर्फबाट बैंकको २३ लाख गायब भएको भन्ने ठाडो उजुरी परेपछि प्रहरीले वैंकका कर्मचारी, सुरक्षा गार्डलगायतमाथि निगरानी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्