१५ असार २०८३, सोमबार

नारायणगढ-मुग्लिन सडकमा पुरानै दशा, फेरि खस्यो पहिरो, आज पनि सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडकमा पुरानै दशा, फेरि खस्यो पहिरो, आज पनि सडक अवरुद्ध
फाइल फोटो

चितवन, १२ असार – नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन/चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए । 

दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्